दुई महिनामै सरकारले राज्यकोषबाट बाँड्यो झण्डै तीन करोड

Advertisement

काठमाडौं । आर्थिक वर्ष सुरु भएको पहिलो दुई महिनामै सरकारले आफ्नो ढुकुटीबाट विभिन्न राजनीतिक दलका नेता, पार्टि कार्यालय तथा व्यक्तिका नाममा झन्डै तीन करोड रुपियाँ बाँडेको छ ।

अर्थ मन्त्रालयका अनुसारआर्थिक वर्ष २०७४।७५ को साउन र भदौमा आर्थिक सहायता बजोट शीर्षमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, संघीय संसद सचिवालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलगायत निकायका नाममा उक्त रकम निकासा भइसकेको छ ।

यस अवधिमा राज्यकोषबाट दुई करोड ७९ लाख रुपियाँ आर्थिक सहायताका लागि निकासा भइसकेको छ ।

यो रकममध्ये साउनमाः
गंगामाया अधिकारीः २० लाख
एमाले जिल्ला कार्यालय पर्साः २ लाख ३ हजार
पूर्वमन्त्री रामकृष्ण ताम्राकारः १५ लाख
राष्ट्रकवि माधव घिमिरेको उपचार खर्चः १४ लाख ९८ हजार
विभिन्न व्यक्तिका नाममाः ४६ लाख ५० हजार

भदौमा
नेता नरहरि आचार्यको उपचार खर्चः ३३ लाख ६१ हजार
निर्वाचनमा घाइते २४ जनाको उपचारः २७ लाख ६० हजार
दक्षिण एसिया गुठी र काठमाडौं युनिभर्सिटी स्कुल अफ लः ३० लाख
देशभरका विभिन्न व्यक्तिका नाममाः ८९ लाख रुपियाँ

आजको नयाँ पत्रिका दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement