अब उपत्यकाभित्र चल्ने यात्रुवाहक सवारीले बाहिर यात्रु बोक्न पाउने

Advertisement

काठमाडौं । अब उपत्यकाभित्र चल्ने यात्रुवाहक सवारीलाई बाहिर यात्रु बोक्ने बाटो खुलेको छ । दशैं अवधिभर सार्वजनिक यातायातले जुनसुकै रुटमा पनि यात्रु ओसार पोसार गर्न पाउने भएका छन् । यातायात व्यवस्था विभागले असोज २४ देखि ३१ सम्म देशभर रुटपरमिट खुल्ला गरेको हो ।

दशैंको समयमा उपत्यका बाहिरिने यात्रुको चाप उच्च हुने भएकोले यातायात सेवा प्रभावकारी बनाउन रुट परमिट खुल्ला गरेको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले बताए । उनका अनुसार ३१ गतेसम्म सार्वजनिक बसले जुनसुकै रुटमा यात्रु लिएर हिड्न पाउनेछ ।
दशैं मनाउन उपत्यकाबाट २० लाख भन्दा बढी यात्रु उपत्यका बाहिरिने भएकाले यात्रु सहजताको लागि विभागले रुटपरमिट खुल्ला गरेको हो ।

यसैगरी विभागले मोटरसाइकल कार लगायत सवारी बोक्ने मल्टिएक्ली ट्रायक्टर टेलरलाई नारायणघाटदेखि काठमाडौंसम्म प्रवेशमा रोक लगाएको छ । अब ती टेलरहरु असोज ३१ गते पछि मात्रै काठमाडौं प्रवेश गर्न पाउनेछन् ।

Advertisement

Advertisement

Advertisement