सहकारीसँग भएको पैसाले विपत्ति सिर्जना गर्नसक्ने गर्भनरको तर्क

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले सहकारी संस्थाहरुमा ठूलो रकम रहेको भन्दै यो पैसाले जुनसुकै बेला विपत्ति सिर्जना गर्नसक्ने दावी गरेका छन् ।

वित्तीय स्थायित्वसम्वन्धी शुक्रबार आयोजित एक कार्यक्रममा गभर्नर नेपालले सरकारीसँग भएको पैसाले वित्तीय क्षेत्रको स्थायित्व हल्लाउन सक्ने भन्दै सहकारीसँग ठूलो कारोबार नगर्न सल्लाह दिए ।

उनले भने ‘सहकारीका कारण जतिबेला पनि वित्तीय क्षेत्रमा संकट आउन सक्छ । ठूला कारोबार गर्ने सहकारीहरूको राष्ट्र बैंकले तत्कालका लागि नियमन गरे पनि त्यो लामो समयसम्म सम्भव पनि हुँदैन ।’

सहकारी जस्तै बीमा क्षेत्रको नियामन पनि बढाउनु जरुरी रहेको बताए । बीमा कम्पनीको संख्या वृद्धिसँगै बीमाको कारोबार पनि बढिको तर बैंकहरुको जस्तो नियामन हुन नसकेकोले वित्तीय संकट निम्तिन सक्ने गर्भनर नेपालले बताए ।

उनले पैसाको कारोबारलाई सधैं कडा नियामन आवश्यक रहेको भन्दै वित्तीय संस्थाभन्दा बाहिर हुने पैसाको कारोबारमा कडाई गरे मात्रै वित्तीय क्षेत्रको स्थायित्व हुने बताए ।

गर्भनर नेपालले वित्तीय स्थायित्वका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय क्षेत्रको पुँजी वृद्धि गरेको जिकिर गरे । उनले भने, ‘थोरै पुँजीका धेरै संस्था हुँदा वित्तीय स्थायित्वमा प्रश्न आएको थियो । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको खराब कर्जा जम्मा एक दशमलव ६ प्रतिशतमा झरेको छ ।

Advertisement

Advertisement

Advertisement