दूधसँगै अवैध मदिरा ओसार्दै गर्दा डिडिसीको गाडी प्रहरी फन्दामा

Advertisement

बारा । अवैध मदिराको कारोबारीहरुले मदिरा ओसारपसारका लागि दूध बोक्ने गाडी प्रयोग गर्ने गरेको रहस्य खुलेको छ । शुक्रबार विहान बारा प्रहरीले दूध बोकेर वीरगंज आइरहेको एक गाडीबाट तीन सय लिटर घरेलु मदिरा बरामद गरेसँगै यस्तो रहस्य उजागर भएको हो ।

हेटौंडाबाट डिडिसिको दूध लिएर आइरहेको ना ३ त ११७८ नम्बरको ट्रकबाट तीन सय लिटर घरेलु मदिरा तीन जनालाई पक्राउ गरेको बारा प्रहरीले जानकारी गराएको छ । प्रहरीले अवैध घरेलु मदिराको ओसारपसारमा कडाई गरेपछि दूध बोक्ने गाडीबाट अवैध घरेलु मदिरा ओसारपसार हुन थालेको हो ।

ईलाका प्रहरी कार्यालय जितपुरको टोलीले विहान ४ बजे जितपुर बजारमा चेक गर्दा बोतल, ग्यालेनमा राखी प्लाष्टिकको बोरामा हाली दुधको क्यारेटमाथि राखेर ल्याएको अवस्थामा मदिरा फेला परेको हो ।

मदिरा सहित गाडी चालक मकवानपुर,हेटौडा–९ बस्ने राम लामा र मदिरा धनी सोही स्थानका प्रेम अधिकारी र वीरगंजका मदिरा खरिदकर्ता वीरगंज–२ छपकैयाका मुमताज अन्सारीलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि आन्तरिक राजश्व कार्यालय सिमरामा पठाएको छ ।

वीरगंजमा तथा सीमा नाकामा अबैध खुल्ला मदिराको माग बढि हुदाँ पर्साको झाबराहा , चोनी, बाराको, जितपुर, सिमरा, पथलैया, अमलेखगंज तथा मकवानपुरको मदिरा अवैध किसिमले ओसारपसार गरी वीरगंज आसपासको बजारमा बिक्री वितराणको लागि ल्याइन्छ ।

Advertisement

Advertisement

Advertisement