वायुसेवा निगमले लुक्लामा व्यवसायिक उडान सुरु गर्यो, शनिबार मात्रै चार उडान

Advertisement

काठमाडौं। नेपाल वायुसेवा निगमले चिनियाँ जहाजले शनिबारबाट लुक्लाको तेन्जींङ हिलारी विमानस्थलमा व्यवसायिक उडान सुरु गरेको छ। निगमका प्रवक्ता अशोक सिग्देलले आज लुक्लामा चार उडान गरेको जानकारी दिए।

निगम सँग भएको दुईवटा १७ सीटे वाइ १२(इ) जहाजले तीनवटा र एउटा १९ सिटे ट्विनअटर जहाजले एउटा उडान गरेको जानकारी दिए। ट्विन अटरबाट गरिने एउटा उडान डिले सेडुल अन्तर्गत रहेको उनले बताए। अहिलेका लागि चिनियाँ जहाजबाट एउटा सेडुल फ्लाइट र दुईवटा चार्टर फ्लाइट गर्ने योजना रहेको उनले जानकारी दिए। आइतबारसम्मका लागि टिकट बुकिङ भइसकेको उनले बताए।

नेपालीका लागि एकतर्फी उडान पाँच हजार एक सय पाँच रुपैयाँ रहेको र विदेशीको लागि एकतर्फी उडान शुल्क एक सय ५१ डलर रहेको सिग्देलले जानकारी दिए।वाइ १२(इ) ले गत साता मंगलबार र बुधबार सफल परीक्षण उडान गरेको थियो। निगमले सोमबार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विवरण पेश गरिसकेपछि प्राधिकरणले बिहीबार उडान अनुमति पत्र पठाएको थियो।

निगमले गत मंगलबार लुक्लाको तेन्जिङ हिलारी विमानस्थलमा सफल परिक्षण उडान गरेको थियो भने बुधबार हुम्लाको सिमीकोट, डोल्पाको जुफाल, मुगुको ताल्चा लगायत चारवटा विमानस्थलमा सफल उडान गरेको थियो।

हाल पोखरा, नेपालगञ्ज, ताप्लेजुङ, फाप्लु लगाएत १८ जिल्लामा निगमले उडान भर्दै आईरहेको छ ।

Advertisement

Advertisement

Advertisement