उद्योगमन्त्री यादवको निजी क्षेत्रप्रतिको धारणा बदलिएकै हो त ? हेर्नुहोस आज के भने

Advertisement

बुटवल । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले निजी क्षेत्रको सहभागिता नभई आर्थिक समृद्धि हासिल गर्न नसकिने बताउएका छन् ।

रुपन्देही उद्योग सङ्घको ४०औँ साधारणसभामा आज उहाँले निजी क्षेत्र पनि कानूनसम्मत ढङ्गले अघि बढेको अवस्थामा सरकारले सहयोग गर्ने बताए ।

मन्त्री यादवले उद्योगी तथा व्यवसायीलाई नाफाको विषय मात्रै केन्द्रमा राखेर नसोच्न आग्रह गर्दै देशको समृद्धिलाई ध्यान दिएर पनि प्रतिफल पाउन सकिने उल्लेख गरे ।

उनले भने, “सरकारले प्रभावकारी काम गरिरहेको छ र जनताको विश्वास टुुट्न दिदैनौँ ।” जनताले वर्तमान सरकारलाई पाँच वर्ष काम गर्न आदेश दिएको उल्लेख गर्दै मन्त्री यादवले आत्मनिर्भर अर्थतन्त्रका लागि सबै मिलेर काम गर्नुपर्नेमा जोड दिए ।

प्रदेश नं ५ का आन्तरिक कानून मामिलामन्त्री कुलप्रसाद केसीले प्रदेश नं ५ मा उद्योग सञ्चालनको वातावरण बनेको बताए । नेपाल उद्योग परिसरका अध्यक्ष हरिभक्त शर्माले कुनै पनि उद्योगलाई सरकारले अपहेलित गर्न नहुने भन्दै प्रदेश नं ५ मा उद्योगका सम्भावनासँगै चुनौती पनि रहेको धारणा व्यक्त गरे ।

सो अवसरमा प्रदेश नं ५ का उद्योग, पर्यटन तथा वनमन्त्री लीला गिरी, रुपन्देही उद्योग सङ्घका पूर्वअध्यक्ष एजाज आलम, सङ्घका अध्यक्ष गणेश अधिकारी लगायतले उद्योगीका लागि लगानीको वातावरण बनाउन आग्रह गरेका थिए ।

Advertisement

Advertisement

Advertisement