आफ्नी प्रेमिकाको विवाहको निम्तो आएपछि चक्र बमलाई यस्तो तनाब

Advertisement

काठमाडौं । साङगीतिक क्षेत्रबाट छोटो समयमै नाम कमाउन सफल चक्र बमको नयाँ लोकपप गीत ‘तनाब’ सार्वजनिक भएको छ । पछिल्लो समयमा निकै चर्चा कमाइरहेका बम बालक, युवा पुस्ता तथा बृद्धहरुको मन मष्तिस्कमा बस्न सफल रहेका छन् ।

साङगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका बमले दर्जनौ म्युजिक भिडियोमा अभिनय पनि गर्दै आएका छन् । पछिल्लो समय गायन र मोडलिङबाट अगाडी बढेका उनको विभिन्न साँस्कृतिक कार्यक्रम तथा महोत्सवहरुमा माग धेरै नै देखिन्छ ।

चर्चित गीतहरु नाच मेरी झुमा, डिजे वालाले, चुइगम पड्काउने, भुन्टी र हाई कलि जस्ता विभिन्न गीतहरु सफलता हात पार्दै आएका बमले अहिले भने फरक प्रस्तुति ‘तनाब’ लिएर दर्शक स्रोतामाझ सार्वजनिक भएका हुन् ।

सुवाश खड्का र चक्र बमको शब्द रहेको गीतमा संगीत चक्र बमकै रहेको छ भने स्वर पनि बमकै रहेको छ । निर्देशक विक्रम चौहानको निर्देशन रहेको यस गीतमा चक्र बम र जुना सुन्दासले अभिनय गरेका छन् । बिस्टार फिल्म्सको ब्यानरमा तयार पारिएको यस गीतको छायांकन प्रकाश खड्काले गरेका छन् भने सम्पादन मिलन विकले गरेका छन् ।

Advertisement

Advertisement

Advertisement