माछापुछ्रे बैंकले प्रहरीलाई ५५ लाखको उद्धार सामग्री दियो

Advertisement

काठमाडौं । माछापुछ्रे बैंकले प्रहरीलाई विपद् व्यवस्थापन गर्न उद्धारमा प्रयोग हुने सामाग्री हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रहरी लाई विपद्का बेला उद्धारका लागि आवश्यक ५५ लाख ७६ हजार रुपियाँ बराबरको सामग्रीहरु हस्तातरण गरेको हो ।

सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले बैंकले उपलब्ध गराएको सामग्रीले उद्धारकार्यमा थप प्रभावकारीता ल्याउने तथा सामग्रीको सहि सदुपयोग गर्ने बताए ।

बैंकले हस्तान्तरण गरेको सामग्रीहरुमा भत्केका संरचनामा उद्धार तथा खोजीमा प्रयोग हुने उपकरणहरु, अग्नि नियन्त्रणका सामग्रीहरु, रोप तथा वाटर रेस्क्यूका सामग्रीहरु तथा र्याफ्ट बोट र उक्त बोटलाई चाहिने सामग्रीहरु रहेको जनाएको छ ।

बैंकले हाल मुलुकभर ८६ वटा शाखा कार्यालयहरु, दुई वटा एक्स्टेन्सन काउन्टरहरु, ३० वटा शाखारहित सेवा तथा ९९ वटा बैंकिङ इकाई मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement