संघर्ष गर्दै कलाकारिता क्षेत्रमा नवलपरासीको ठिटो बिपेस घिमिरे

Advertisement

काठमाडौं । नेपाली कलाकारिता क्षेत्रमा चर्चित नाम हो ‘बिपेस घिमिरे’। नेपाली लोकदोहोरी गीतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल घिमिरेको नाम नसुन्ने सायद कमैले होलान ।

बुवा देवनारायण घिमिरे र आमा सुमित्रा घिमिरेको कोखबाट नवलपरासीको गैंडाकोटमा जन्मिएका उनी बिगत तीन वर्षदेखि निरन्तर आफ्नो कलाकारिता करिअरलाई अघि बढाइरहेका छन् ।

कलाकारितालाई जीवनमा पेशाको पाटोबाट सम्हाल्दै आएका बिपेस घिमिरेले आफूले अहिलेको अवस्थासम्म आइपुग्न निकै संघर्ष गर्नुपरेको अनुभव सुनाउँछन् । नेपाली म्युजिक भिडियोमा मोडलिङ दिन थालेपछि उनले झन्डै दुई दर्जनभन्दा बढी यस्ता भिडियोमा आफ्नो अभिनय देखाइसकेका छन् ।

हेर्दा निकै ‘ह्याण्डसम’ घिमिरेले २०७२ सालमा ‘तिम्रो याद घटाउँ कसरी ?’ भन्ने गीतबाट अभिनय सुरु गरेका हुन् । त्यसपछि उनले ‘नलाउ झुटो पिरती’ भाग एक र दुईबाट ठूलो सफलता पाए । कलाकार घिमिरेले यी गीतको भिडियोमा गरेको अभिनयकै कारण निकै प्रसंशा र दर्शकहरुको माया पनि पाए । त्यस प्रेरणाले उनी निरन्तर अभिनयमै छन ।

अहिलेसम्म करिव तीन दर्जन म्यूजिक भिडियोमा अभिनय गरेका बिपेस घिमिरेले ‘मुग्लानी’ नामक दशैं गीतको म्यूजिक भिडियोको निर्देशन समेत गरिसकेका छन् ।

घिमिरेको साङगीतिक क्षेत्रमा उस्तै मेहेनत गर्ने व्यक्ति हुन् । उनी अभिनय मात्र नभएर शब्द संकलनमा पनि सिपालु छन् । हालै उनका छ वटा दशैँ गीत सार्वजनिक भएका छन् ।

रमेश मगरको प्रस्तुतिमा सप्तऋषी म्यूजिक प्रालिले बजारमा ल्याएको ‘गाउँबेसी’ गीत अहिले निकै चर्चामा रहेको छ । उक्त गीतमा ऋषि खड्काको शब्द, संगीतमा बिष्णु माझी र रमेश मगरको स्वर रहेको छ । गीतको भिडियोमा बिपेस घिमिरे र आशा खड्काले अभिनय गरेका छन । उक्त म्यूजिक भिडियोलाई कपिल लामाले निर्देशन गरेका हुन् ।

यति बेला बिपेस घिमिरे म्युजिक भिडियोका लागि अभिनयमा निकै व्यस्त देखिन्छन । उनले मेहनतले गर्दा आफू यति चर्चामा आउन सफल भएको बताउँछन ।

गीत संगीत क्षेत्रमै आफूलाई स्थापित गर्ने योजना बनाएका युवा कलाकार घिमिरे नेपालको कलाकारिता र संगीत क्षेत्रको विकासका लागि सबैको ध्यान जानुपर्ने बताउँछन् ।

नेपाली कला संस्कृतिलाई संवृद्ध बनाउन पनि कला र संगीत क्षेत्रको विकास जरुरी रहेको बताउने बिपेस घिमिरे यस क्षेत्रमा लागेकाहरुले आर्थिकरुपमा सहज ढंगले जिउनसक्ने अवस्था सिर्जना गर्न सरकार र अन्य सरोकारवाले पनि ध्यान जानुपर्ने बताउँछन् ।

Advertisement

Advertisement

Advertisement