थाइल्याण्डमाथि नेपालको १४० रनको जीत, सन्दिपले आज पनि पाँच विकेट लिए

Advertisement

सन् २०२० मा अष्ट्रेलियामा हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ट्वान्टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसीया तर्फको मलेसीयामा जारी छनोट खेलमा नेपालले लगातार तेस्रो विजय हात पारेको छ । नेपालले थाईल्याण्डलाई एक सय ४० रनको फराकिलो अन्तरले हराएको हो ।

थाइल्याण्डले ब्याटिङ गरिरहेको दोस्रो इनिङ्को आठ ओभर पाँच बलको खेल सकिँदा पानी परेपछि म्याच रेफ्रीले खेल रोकेका थिए । पानी नरोकिएपछि आईसीसीले डी/एल प्रविधिको प्रयोग गरी नेपाललाई विजेता घोषणा गरेको हो ।

थाइल्याण्ड विरुद्धको तेस्रो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरको खेलमा सात विकेट गुमाउँदै एक सय ७३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफि ब्याटिङमा आएको थाइल्याण्डले आठ ओभर पाँच बलको खेल सकिँदासम्म मात्र १८ रन बनाएको थियो भने नौ विकेट गुमाइसकेको थियो ।

जवाफथाइल्याण्डका लागि पहिलो क्रममा ब्याटिङ गर्न आएका डीएफ ज्याकोब छ बल खेल्दै एक रनमात्र बनाए । त्यस्तै अर्का ब्याट्सम्यान सफिकुल हक शुन्यमै आउट हुन पुगेपछि थाइल्याण्ड कमजोर हुन पुग्यो ।

थाइल्याण्डका लागि यूईसुक र जेट हकले सात रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले रन बनाउन सकेनन् । थाइल्याण्डका पाँच जना ब्याट्सम्यानहरु शुन्य रनमै आउट भए ।

बलिङतर्फ नेपालका सन्दिप लामिछाने एक्लैले पाँच विकेट लिन सफल भए । आठौं ओभरको बलिङमा उनले शुन्य रन खर्चेर तीन विकेट लिन सफल भए । अर्का बलर करन केसीले तीन विकेट लिए भने ललीत राजबंसीले एक विकेट लिए ।

यसैगरी यसअघि भएका दुई खेलहरुमध्ये दोस्रो खेलमा शनिबार आयोजक मलेसियाविरुद्धको खेलमा सन्दीपले पाँच विकेट लिँदा नेपालले मलेसियालाई आठ विकेटले पराजित गरेको थियो। पहिलो खेलमा बुधबार सन्दीपले म्यानमारको चार विकेट लिएका थिए। सन्दीपले चार विकेट लिँदा आफ्नो पहिलो खेलमा नेपालले म्यानमारलाई आठ विकेटले नै पराजित गरेको थियो।

Advertisement

Advertisement

Advertisement