सीके राउत पक्राउ, फेरि राज्य विप्लवको मुद्दा लगाउने तयारी

Advertisement

गौर । मधेसमा पृथकतावादी क्रियाकलाप गर्दै आएका सिके राउत रौतहटको गौरबाट पक्राउ परेका छन् । स्वतन्त्र मधेसको अभियान सञ्चालन गर्दै आएका उनलाई प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको हो।

रौतहट जिल्ला अदालत रौतहटबाट पुरानो मुद्दाको पेशी दिएर निस्कने क्रममा सीके राउत अदालत अगाडिबाट पक्राउ परेका हुन । यसअघि पटकपटक पक्राउ पर्दै राज्य विप्लवको मुद्दा लागे पनि अदालतबाट छुट्दै आएका उनलाई फेरि सोही मुद्दा लगाउने तयारी गरिएको जनाइएको छ ।

गत भदौ ३ गते संविधान दिवसको विरोधमा तराईंका विभिन्न स्थानमा उनकै नेतृत्वमा ‘कालो दिवस’ मनाएका थिए । प्रहरीले खोजी सूचीमा राखेका उनीले संविधान दिवसको विरोधमा जनकपुरको मुख्य चोकमा सम्बोधन गर्दासमेत प्रहरीले पक्राउ गरेको थिएन।

Advertisement

Advertisement

Advertisement