विद्युत चोरीको आरोपमा दुई बर्षअघि पक्राउ गरिएका प्राधिकरण कर्मचारीहरुलाई अदालतले दियो सफाइ

Advertisement

काठमाडौं । विद्युत चोरीमा संलग्न रहेको आरोपमा करिव दुई बर्षअघि पक्राउ परेका नेपाल विद्युत प्राधिकरण १७ जना कर्मचारीमध्ये १५ जनाले सफाइ पाएका छन् ।

जिल्ला अदालत काठमाडौंले सुमन श्रेष्ठ र टहलबहादुर कार्कीबाहेक बाँकी सबैलाई आइतबार सफाइ दिएको हो । उनीहरुले आफूहरुलाई प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो सस्तो लोकप्रियताको लागि पूर्वाग्रही ढंगले विद्युत चोरीमा संलग्न रहेको आरोप लगाउँदै पक्राउ गर्न लगाएको गुनासो गर्दै आएका थिए ।

सफाई पाउनेमा महादेव प्रधान, प्रदीप रुपाखेती, दीपक अधिकारी, ओम ढुंगानासहित १५ जना छन् । उनीहरुले अदालतको फैसलापछि आफूहरुले न्याय पाएको बताउँदै प्राधिकरणको काममा अबका दिनमा पनि इमान्दार भएर सेवा गर्ने बताए ।

Advertisement

Advertisement

Advertisement