चाबहिल प्लाजामा सुरु भयो दशैं कार्निभल, २५ प्रतिशतसम्म छुट अफर

Advertisement

काठमाडौं ।  चाबहिलमा रहेको अत्याधुनिक सपिङ सेन्टर चाबहिल प्लाजाले दशैं कार्निभल योजना संचालनमा ल्याएको छ । दशैं तिहारको अवसर पारेर प्लाजाले आर्कषक छुट र उपहारसहित दशैं कार्निभल योजना सञ्चालनमा ल्याएको हो ।

असोज २० गतेदेखि सुरु भएको यस योजनाअन्तर्गत चाहबिल प्लाजामा एक हजार रुपियाँभन्दा माथिको सामान खरिद गर्ने ग्राहकहरुले दैनिक तथा साप्ताहिक रुपमा उपहार जित्न सक्नेछन् ।

बम्पर उपहारमा रनरको एक सय सिसिको रनर चिताह बाईक एक जनाले जित्न सक्नेछन् । ग्राहकलाई २५ प्रतिशतसम्म छुटको व्यवस्था समेत रहेको प्लाजाले जनाएको छ ।

चाबहिल प्लाजामा रहेका पसलहरुबाट एक हजार रुपियाँसम्मको खरिदमा ग्राहकले साप्ताहिकरुपमा लक्की ड्रमार्फत उपहार वितरण गरिने प्लाजाले जनाएको छ । उपहार योजनामा सहभागीहरुले साप्ताहिक रुपमा टिभी, रेफ्रिजिरेटर, वाशिङ मेसिन तथा सपिङ भौचर समेत जित्न सक्नेछन् ।

कार्निभल योजना कात्तिक २० गतेसम्म सञ्चालन हुने जनाइएको छ । यस अवधिभर दैनिकरुपमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि संचालन हुने प्लाजाले जनाएको छ ।

डेढ महिनाअघि मात्र संचालनमा आएको प्लाजामा २८ बढी आउटलेट छन् । राजधानीको चाहबिलचोकमा रहको प्लाजामा पार्किङको पनि व्यवस्था रहेको छ । प्लाजामा मोबाइल, ग्रामेन्ट, रेष्टुरेन्ट, कफि सप, ब्यूटि स्टुडियो, फिटनेश क्लब, फुड स्टल, पस्मिना स्टल तथा गेम पार्क लगायतका आउटलेट छन् ।

Advertisement

Advertisement

Advertisement