सनराइज बैंकका चार शाखा सञ्चालन

Advertisement

काठमाडौं। सनराइज बैंकले सम्भावित  ग्राहकहरुलाई सेवा, सुविधा उपलब्ध गराउने र सबै क्षेत्रमा बैंकिङ्ग पहुँचलाई फराकिलो पार्ने अभिप्रायले सन्राइज बैंकले देशका विभिन्न भागमा शाखा विस्तार  गरेको छ । बैंकले यहि असोज  २१ गते सिराहाको मिर्चैया र रामेछापको प्रीतिमा शाखा संचालन गरेको छ ।

आइतबार आयोजित छुटाछुटै औपचारिक कार्यक्रम बीच मिर्चैया शाखाको मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादव र जिल्ला उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष अशोक कुमार शाहज्यूले संयुक्त रुपमा तथा प्रीति शाखाको उमाकुण्ड गाँउपालिकाका अध्यक्ष शेर बहादुर सुनवारले उद्घाटन गरे ।

साथै शुक्रबार १९ गते काभ्रेको महाभारत गाँउपालिका र खोटाङको बराहपोखरी गाँउपालिकामा पनि बैंकले आफ्नो शाखा बिस्तार गरेको छ । महाभारत शाखाको उद्घाटन महाभारत गाँउपालिकाका अध्यक्ष कान्छा लाल जिन्दा तथा बराहपोखरी शाखाको उद्घाटन बराहपोखरी गाँउपालिकाका अध्यक्ष शालिग्राम बन्जारा र उपाध्यक्ष गोमा मगरले संयुक्त रुपमा गरेका थिए।

Advertisement

Advertisement

Advertisement