एनएमबी बैंक र कर्जा बजारबीच सम्झौता

Advertisement

काठमाडौं । एनएमबी बैंक र कर्जा बजारबीच सम्झौता भएको छ । सम्झौतामा एनएमबी बैंकका चिफ विजनेस अफिसर गोविन्द घिमिरे र कर्जा बजारका डाइरेक्टर फोनिक्स क्यापिटलका युरोपमान श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

कर्जा बजारसँगको सम्झौतापछि ग्राहकलाई रिटेल कर्जा प्रक्रिया सहज हुने बैंकले दाबी गरेको छ । सम्झौता पश्चात ग्राहकहरुले कर्जासम्बन्धि सम्पूर्ण जानकारी लिन सक्नेछन् ।

यो सुविधा एनएमबी बैंकको भिसा क्रेडिट कार्डमा पनि उपलब्ध रहेको छ । इच्छुक ग्राहकहरुले बैंकको रिटेल कर्जा (घर कर्जा, गाडी कर्जा, शैक्षिक कर्जा) आदिका बारेमा विभिन्न सुविधाहरु जस्तै ब्याजदर र कर्जाको अवधिको बारेमा बजारमा उपलब्ध कर्जा सुविधासँग तुलना गर्न सक्नेछन् ।

Advertisement

Advertisement

Advertisement