संगीतिक यात्रालाई अगाडी बढाउँदै नरेश पातली आए 'गर्लफ्रेण्ड' लिएर

Advertisement

काठमाडौं । नेपालको चर्चित रियालिटी शो ‘नेपाल आइडल सिजन २’ बाट एकाएक चर्चामा आएका नरेश पातलीले संगीतिक यात्रा औपचारिकरुपमा सुरु गरेका छन् ।

पतालीले नेपाल आइडलको अडिसन राउण्डमा पुगेर गीत गाएपछि उनी एकाएक सामाजिक सञ्जालमा ‘भाइरल’ बनेका थिए । आफ्नो नेपाल आइडलको यात्रा अडिसन राउण्डबाट समाप्त भएसँगै उनले नेपाली हाँस्य टेलिसिरियल ‘भद्रगोल’मा अभिनय गरे ।

यही क्रममा पातलीको पहिलो गीत पनि सार्वजनिक भएको छ । उनको ‘गलफ्रेण्ड’को भिडियो युटुबमार्फत सार्वजनिक गरिएको हो । पातलीलाई गीत रेकर्डिङ गराउनमा बादल घिमिरेले ठूलो सहयोग र साथ दिएको उनले बताए ।

बादल घिमिरेको प्रस्तुत गीतमा पातलीकै स्वर रहेको छ भने घिमिरेकै शब्द र संगीत रहेको छ । उक्त गीतको भिडियोमा नरेश पातली बादल घिमिरे, शिवानी कार्की र जसोदा कार्कीले अभिनय गरेका छन । भिडियोको निर्देशन क्रान्ति केसीले गरेका छन ।

Advertisement

Advertisement

Advertisement