स्वदेशी लघुवित्तको १०० प्रतिशत हकप्रद निष्कासन

Advertisement

काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्थाले आज (असोज २३ गते) देखि १०० प्रतिशत हकप्रद निष्कासन गरेको छ । कम्पनीले १ः१ अनुपातमा ११ लाख ५० हजार कित्ता सेयर बिक्री खुला गरेको हो । भदौ २४ गतेसम्म कायम सेयरधनीले मात्र यो हकप्रद दाबी गर्न सक्नेछन् ।

लगानीकर्ताले बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल थापाथली काठमाडौं तथा स्वदेशीको सम्पूर्ण शाखाबाट आवेदन दिन सक्नेछन् । यसैगरी, सी–आस्वामा सहभागी सबै बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्न सकिन्छ । यो हकप्रदमा आवेदन दिने अन्तिम म्याद कात्तिक २६ गतेसम्म रहेको छ  ।

Advertisement

Advertisement

Advertisement