च्यास्मीटारमा माछापुच्छ्रे बैंकको शाखारहित बैंकिङ्ग सेवा सञ्चालन

Advertisement

खोटाङ ।  माछापुच्छ्रे बैंक लिमिटेडले  आफ्ना ग्राहकलाई थप सुविधा प्रदान गर्न खोटाङको च्यास्मीटारमा शाखारहित बैंकिङ्ग  सेवा सुरु गरेको छ। उक्त शाखाराहित बैंकिङ्ग सेवाको उद्घाटन हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले  गरेका हुन्।  यससँगै देशभर माछापुच्छ्रे  बैंकको शाखारहित बैंकिङ्ग  एकाइको संख्या ३४ पुगेको छ।

बैंकले आइतबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा र हलेसी तुवाचुङ नगरपालिका–८ धितुङमा शाखारहित बैंकिङ एकाइ सुरु गरेको थियो। स्थानीय तहमा हुने आर्थिक कारोबारलाई ध्यानमा राखेर शाखारहित सेवा विस्तार गरिएको बैंकले जनाएको छ। शाखा रहित बैंकिङ एकाइबाट प्रतिखाता सञ्चालकले एकपटकमा एक लाखसम्म रकम निकाल्न पाउने र बढीमा दुई लाखसम्म जम्मा गर्न पाउने शाखारहित बैंकका प्रमुख श्रेष्ठले बताए।

Advertisement

Advertisement

Advertisement