नवलपरासी र सल्यानमा नेपाल  बङ्गलादेश बैंकको शाखा विस्तार

Advertisement

काठमाडौं। नेपाल बङ्गलादेश बैंक लिमिटेडले आफ्नो दुई नयाँ शाखा सञ्चालन गरेको छ।  बैंकले असोज २१ नवलपरासी  र २२ गते सल्यानमा शाखा विस्तार गरेको हो।

नवलपरासी जिल्लाको बुलिङ्गटारमा रहेको शाखाको उद्घाटन बैंकका  सञ्चालक दिपक कार्कीद्वारा उद्घाटन भई औपचारिक कारोबार शुभारम्भ भएको छ। भने  सल्यान जिल्लाको रामपुर,कालिमाटि शाखाको उद्घाटन बैंकका सञ्चालक मुकुन्द नाथ ढुङ्गेलद्वारा एक समारोह बिच नया शाखाको शुभारम्भ भएको थियो।

बैंकले यस  क्षेत्रका सर्वसाधारणलाई सहज बैँकिङ्ग सेवा सुविधा प्रदान गर्ने उदेश्यले आफ्नो शाखाहरु नपुगेका क्षेत्रमा नयाँ शाखा विस्तार गरेको हो। साथै यी खाहरुबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पुर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्ने जनाएको छ ।

Advertisement

Advertisement

Advertisement