आजबाट आँखुखोला जलविद्युत कम्पनीको आइपिओ निष्काशन

Advertisement

काठमाडौं। आँखुखोला जलविद्युत कम्पनीले मंगलबारदेखि प्राथमिक शेयर (आइपिओ) निष्काशन गरेको छ। कम्पनीले सर्वसाधारणको लागि १३ लाख ७६ हजार २० कित्ता आइपिओ निष्काशन गरेको हो । कम्पनीको सेयर छिटोमा असोज २६ गतेसम्म र यदि बिक्री नभएमा ढिलोमा कात्तिक ६ गतेसम्मको लागि बिक्री खुल्ला हुनेछ ।

कम्पनीले गत साउनमा स्थानीय प्राभावित क्षेत्रको लागि ८ लाख कित्ता निष्काशन गरेकोमा बिक्री हुन नसकेको एक लाख ३७ हजार कित्ता पनि सर्वसाधारणको लागि बिक्री गर्न लागेको छ । जम्मा निष्काशन हुने १३ लाख ७६ हजार कित्ता मध्ये ६८ हजार ८०१ कित्ता सामुहिक लगानी कोषको लागि र २७ हजार ५२० कित्ता कर्मचारीको लागि सुरक्षित गरिएको छ।

सर्वसाधारणले न्युनतम ५० देखि ६ हजार कित्तासम्मको लागि आवदेन दिन पाउने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक सिभिल क्यापिटलले जनाएको छ।

जम्मा चुक्ता पूँजी ८० करोड रुपेयाँ रहेको कम्पनीको संस्थापक शेयर पूँजी ८० प्रतिशत अर्थात ६० करोड रुपैयाँ रहेको छ भने बाँकी सर्वसाधाणको रहेको छ।

Advertisement

Advertisement

Advertisement