सेनाका दुई जवानसहित चार युवा बाघको छाला तस्करी गर्दैगर्दा पक्राउ

Advertisement

काठमाडौं । नेपाली सेनाका दुई जवान सहित चार युवा बाघको छालासहित पक्राउ गरिएको छ । कपिलवस्तुबाट एक थान पाटे बाघको छाला र तीन थान चितुवाको छाला कठमाडौं ल्यउँदै गर्दा गएराती थानकोटस्थित नागढुंगाबाट उनीहरुर्ला पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा स्याङ्जा स्थायी घर भइ हाल धादिङको बैरेनी ब्यारेकमा कार्यरत नेपाली सेनाका जवान सोमराज श्रेष्ठ, भद्रकालीस्थित विकास निर्माण बाहिनीमा कार्यरत जवान गोरखाका सलिम मिया, कपिलवस्तुका राजन थापा र अर्घाखाँचीका मानबहादुर नेपाली छन् ।

महानगरीय प्रहरी परिसर टेकुबाट खटिएको प्रहरी टोलीले पूर्व सूचनाको आधारमा उनीहरुलाई नागढुंगास्थित पिपलबोटबाट पक्राउ गरेको हो ।

अभियुक्त चारजनाले उक्त छाला काठमाडौंमा ७६ लाख रुपैयाँमा बिक्रीको तयारी गरेको प्रहरी स्रोतले जानकारी गराएको छ ।

Advertisement

Advertisement

Advertisement