सेयर बजारमा मध्यान्हमा देखिएको सुधार टिक्न सकेन, नेप्सेमा सामान्य गिरावट

Advertisement

कठमाडौं । सेयर बजारमा मंगलबार मध्यान्ह १२ बजे केही सुधार देखिए पनि कारोबारको अन्त्यमा भने गिरावट हुन पुगेको छ । सेयर बजार परिसुचक नेप्से तीन दशमलव १६ अंकले घटेर एक हजार २१७ दशमलव ३६ कायम भएको छ ।

कारोबार पनि सोमबारभन्दा सामान्य गिरावट भई आज ३४ करोड ३२ लाख रुपियाँको किनबेच भएको छ । आज १६० वटा कम्पनीको सेयर किनबेच भएकोमा नाडेप लघुवित्तको सबैभन्दा बढि तीन करोड ८५ लाख रुपियाँको किनबेच भएको छ ।

आज अन्यबाहेक बाँकी सबै समूहमा गिरावट देखिएको छ । अन्य समूहको उपसुचक एक दशमलव छ प्रतिशतले बढेको छ भने होटल र जलविद्युत एक प्रतिशतभन्दा बढिले घटेको छ । बाँकी सबै समूहको उपसुचक एक प्रतिशतभन्दा कमले घटेका छन् ।

Advertisement

Advertisement

Advertisement