नेकपाले काठमाडौं-७ मा वामदेवलाई लडाए पौडेललाई अघि सार्ने काँग्रेसको योजना

वामदेव गौतम

काठमाडौं । सत्ताधारी दल नेकपाका नेता वामदेव गौतमलाई संसदमा छिराउने योजनाअनुसार काठमाडौं–७ बाट चुनाव लडाए काँग्रेसले आफ्ना वरिष्ठ नेता रामचन्द्र पौडेल प्रस्तुत गर्ने गृहकार्य सुरु भएको छ ।

वामदेवको सामना गर्न प्रभावशाली नेता नै चाहिने भएकाले काँग्रेसमा पौडेल नै उपयुक्त विकल्प भएको सो पार्टीका एक केन्द्रीय सदस्यले भने । उनी भन्छन्– हामी दुई चार जनाको व्यक्तिगत छलफल हो । भोलि पार्टीले कस्लाई अघि सार्छ भन्न सकिन्न । पहिलो कुरा वामदेव नै यहाँबाट उठ्छन, उठ्दैनन् टुँगो छैन । उठेको अवस्थामा उनलाई चुनौति दिन पौडेलजी उपयुक्त उम्मेवार हुनसक्नुहुन्छ ।

nic-asia

हाल पौडेलको निवास पनि काठमाडौं क्षेत्र नं. ७ मै रहेकोले र काँग्रेसमा निष्ठा र इमान्दार नेताको रुपमा चिनिएकाले पनि अरुलाई भन्दा पौडेललाई अघि सार्दा नजिता काँग्रेसको पक्षमा आउनसक्ने विश्लेषण छ । एमाले–माओवादी केन्द्र एकताका सुत्रधारको रुपमा चिनिएका वामदेवलाई डोल्पाबाट चुनाव लडाउने प्रयास असफल भएपछि काठमाडौं ल्याउने तयारी भएको हो ।

काठमाडौं–७ बाट विजयी भएका रामवीर मानन्धरलाई राजीनामा गर्न लगाएर सो ठाउँमा वामदेवलाई लडने योजनामा रहेका वामदेवले चुनाव जित्न सके प्रधानमन्त्रीमा केपी ओलीको विकल्प वन्नसक्ने धेरैको अनुमान छ । उनले यसअघि बर्दियाबाट चुनाव लड्दै गर्दा आफूलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेका थिए ।

तर, मुलुकभर वाम गठवन्धनका पक्षमा लहर आउँदा वामदेवको भने रहस्यमय पराजय भएको थियो । उनको पराजयसँगै गठवन्धनभित्र आशंका र आरोप प्रत्यारोप सुरु भएको थियो । पछिल्लो समयमा ओलीको विकल्प खोज्नुपर्ने पक्ष बलियो हुँदै गएपछि वामदेवलाई चुनाव लगाएर विजयी गराई संसदमा छिराउने योजना बनाइएको हो । संसदीय निर्वाचनमा तनहुँबाट लगातार विजयी हुँदै आएका पौडेल यस पटक पराजित भएका थिए