कर बढेको भन्दै ‘दशैं सपिङ’मा आएका ग्राहकसँग चर्को मूल्य अशुल्दै व्यापारीहरु

Advertisement

काठमाडौं । दशैं नजिकिँदै गर्दा राजधानीको मुख्य व्यापारिक केन्द्रहरु न्युरोड, असन, इन्द्रचोकलगायतका स्थानमा उपभोक्ताको चाप निकै बढेको छ । यही मौकामा उपभोक्ताहरुसँग चर्को मूल्य अशुल भइरहेको पनि देखिएको छ । यस बर्ष कर बढेको भन्दै व्यापारीहरुले उपभोक्ताहरुसँग चर्को मूल्य अशुल गरिरहेको देखिएको हो ।

यस अधिकांश वस्तुहरुमा मूल्य बढाइएको छ । अधिकांश पसलेहरुले यसको मूख्य कारण कर नै भएको तर्क गर्छन । बजारमा खासगरी जुत्ता, सर्ट, पाइन्ट, टिसर्ट, साडी, कुर्ता सलवारको व्यापार ह्वात्तै बढेको छ ।

सरकारी अनुगमन प्रभावकारी नहुँदा हरेक बर्ष दशैं तिहार अगाडि उपभोक्ताहरु बढी ठगिने गर्दै आएको छन् । यस बर्ष भने व्यापारीहरुलाई देखाउन कर सजिलो भएको छ । समग्र मुद्रास्फीति दर अघिल्ला बर्षहरुमा जस्तो यस बर्ष बढेको छैन ।

तर पनि दशैंको मौका छोपेर मनग्य कमाउने समय अहिले बनिरहेको छ । कतिपय सामानहरुमा अघिल्लो बर्षको तुलनामा सतप्रतिशत भन्दा बढिले मूल्य बढाइएको छ । जुत्तामा सतमा सतप्रतिशतसम्म मूल्य बढेको छ भने कपडाहरुमा ५ प्रतिशतसम्म मूल्य बढेको देखिएको छ ।

यस्ता वस्तुहरुको मूल्यमा नियन्त्रण गर्ने बलियो सरकारी संयन्त्र नहुँदा पसलेहरुले जति भन्यो त्यति मूल्य तिर्न उपभोक्ता बाध्य छन् । व्यापारीहरुले भने करसँगै पसलको भाडा, ढुवानी लागत, कर्मचारी खर्च जस्ता कुरामा वृद्धि भएको भन्दै आफूहरुले नाजायज फाइदा नदिएको दावी गरेका छन् ।

यस्ता उपभोग्य वस्तुहरुमा २० प्रतिशतभन्दा बढि नाफा लिन नपाइने भए पनि सत प्रतिशतभन्दा बढि नाफा खाँदा बिक्री गर्दा उपभोक्ता मारमा पर्ने गरेका हुन । दशैंको नाममा विशेष अफर दिने चलन भएपछि अधिकांश उपभोक्ताहरु यस्ता अफरहरु लिन, बार्गेनिङ गर्न नजाँदा ठगिने गरेको देखिएको छ । दैनिक उपभोग्य वस्तुहरुमा पनि त्यतिकै भाउ बढेको देखिएको छ ।

सबैभन्दा धेरै व्यापार हुने ठाउँ र सुपथ मुल्यमा सामान पाइने ठाउँ मानिने असन, इन्द्रचोक, महाबौद्ध जस्ता स्थानमा पनि दशैंको कारण साडी र कुर्ताको मूल्य अस्वाभाविक रुपमा बढाइएको छ । इन्द्रचोकस्थित साडी पसलमा काम गर्ने व्यापारीले कतिपय साडीमा चार पाँच गुणासम्म नाफा हुने कतिपय कम मात्रै हुने बताउँछिन । कुर्ता सलवार पनि नाफाको मार्जिन राम्रो रहेको उनको भनाई छ ।

अर्को एक पसलको उदाहरण दिँदै उनले भनिन, विदेशी ब्राण्ड भनेर जुत्ता, सर्ट, पाइन्ट, टिसर्ट बेच्ने एक जना आफन्तले ८०० मा होलसेलमा किनेको जुत्ता चार हजार पाँचसयमा बेचेको मलाई थाहा छ । तीनसयमा किनेको जिन्स पाइन्ट मैले आफैले एक हजार आठसयमा बेचेकी छु ।’

विशेष छुट भनेर राखिएका राखिएका सामानहरुबाट व्यापारीहरुले बढी नाफा लिने गरेको देखिएको छ । भीआइपी देखिने पसलहरुमा गुणस्तरीय सामान पाइने उपभोक्ताको विश्वास रहे पनि त्यसविपरित उपभोक्ता धेरै त्यस्तै पसलबाट गठिने गरेको देखिएको छ ।

नेपालीहरुले सस्तो भनेपछि गुणस्तरहीन सम्झेर सामान नै नकिन्ने प्रवृत्ति रहेकाले पनि बढी मूल्य राख्नुपर्ने र छुट माग्नेहरुलाई छुट दिएर बिक्री गर्दा धेरै बिक्री हुने गरेको व्यापारीहरुको अनुभव छ ।

 

Advertisement

Advertisement

Advertisement