ग्लोबल आइएमईका ग्राहकले लेखनाथ सिटि हस्पिटलमा उपचार गराउँदा २५ प्रतिशत छुट

Advertisement

काठमाडौं । ग्लोबल आइएमई बैंक र लेखनाथ सिटि हस्पिटलबीच सम्झौता भएको छ । बैंकका ग्राहकहरुले लेखनाथ सिटि हस्पिटलमा उपचार गराउँदा विषेश छुट पाउनेगरी सम्झौता भएको हो ।

सम्झौता अनुसार ग्लोबल आइएमई बैंकका डेविट कार्ड, क्रेडिट कार्ड, प्रिभिलेज कार्ड होल्डरहरुलगायत बैंकका कर्मचारी र तीनका परिवारले लेखनाथ सिटि हस्पिटलमा उपचार गराउँदा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

सम्झौतापत्रमा बैंकका गण्डकी प्रदेश प्रमुख अजय थापाको उपस्थितिमा बेगनास शाखाप्रमुख दिनेश अधिकारी र लेखनाथ हस्पिटलका सुजन रानाभाटले हस्ताक्षर गरेका छन् ।

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता विभिन्न योजनाहरु ल्याईरहेको छ ।

ग्लोबल आइएमई बैंकले हाल १३२ शाखा, १३८ एटिएम, ५ एक्सटेन्सन काउण्टर, १५ राजश्व संकलन काउण्टर, १०३ शाखा रहित बैंकिङ्ग सेवा र देश बाहिर तीन प्रतिनिधि÷सम्पर्क कार्यालय माफर्त आफ्ना नौ लाख ५० हजार भन्दा बढि ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईबर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्ट्रे«लिया, बेलायत र भारतमा प्रतिनिधि सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जोर्डन, अष्ट्रेलिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

Advertisement

Advertisement

Advertisement