आयोजना प्रभावितका लागि हिमालयन ऊर्जा कम्पनीको १० लाख कित्ता आइपिओ आउँदै

Advertisement

काठमाडौं । हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेडले नौ लाख ९० हजार कित्ता बराबरको साधारण शेयर (आइपीओ) बिक्री गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित रामेछापको गोकुल गङ्गा गाउँपालिकाका २, ३, ४ र ५ वडा र दोलखाको जिरी नगरपालिका ३, तामाकोशी गाउँपालिकाको ५ र ६ तथा मन्थली नगरपालिका १३ का बासिन्दालाई शेयरबिक्री गर्न लागेको हो । स्थानीय प्रभावितलाई अतिप्रभावित र कम प्रभावितका रुपमा छुट्याएर क्रमशः ६० र ४० प्रतिशत शेयर बिक्री गर्न लागिएको हो ।

एक सय रुपियाँ अङ्कित मूल्यका ती शेयरको बिक्री तथा बाँडफाँडपछि आम सर्वसाधारणलाई शेयर बिक्री गरिने आयोजनाले जनाएको छ । कम्पनीको शेयर आगामी कात्तिक ६ गतेदेखि खुल्नेछ भने बिक्री बन्द मङ्सिर ५ गते हुनेछ । न्यूनतम ५० कित्ता र अधिकत्तम चार हजार ९०० कित्तासम्म आवेदन दिन पाइने व्यवस्था गरिएको छ । कम्पनीले १२ मेगावाट क्षमताको माथिल्लो खिम्ती र सात मेगावाट क्षमताको माथिल्लो खिम्ती दुई आयोजना निर्माण गरिरहेको छ । आयोजनाले आगामी चैत १ गतेदेखि व्यावसायिकरुपमा विद्युत् उत्पादन गर्ने तयारी गरेको छ ।

कम्पनीका अनुसार माथिल्लो खिम्तीको लागत एक अर्ब ९१ करोड ४१ लाख १४ हजार रुपियाँ रहेको छ । माथिल्लो खिम्ती दोस्रोको लागत एक अर्ब २३ करोड २२ लाख ६० हजार रुपियाँ रहेको छ ।

Advertisement

Advertisement

Advertisement