तीन मेगावाटको भैरवकुण्डबाट विद्युत उत्पादन सुरु, नयाँ आयोजना पनि लगानी गर्ने

Advertisement

काठमाडौं । सिन्धुपाल्चोकको लार्चामा संचालन भएको भैरवकुण्ड हाइड्रोपावर लिमिटेडले विद्युत उत्पादन सुरु गरेको छ । सहकारीको लगानीमा बनेको यो साना जलविद्युत आयोजना लामोसाँघु सबस्टेशनमार्फत राष्ट्रिय प्रसारणलाइनमा जोडिएको हो ।

जुरेको पहिरो, २०७२ वैशाख १२ गतको भूकम्पपछि हेडवक्र्समा आएको पहिरो र भोटेकोशीमा आएको बाढिका कारणबाट परियोजनामा क्षति पुगेकोले पुनर्निर्माण सम्पन्न भएपछि सोमबारबाट आयोजना सञ्चालनमा आएको भैरवकुण्ड हाइड्रोपावर लिमिटेडले जनाएको छ ।

कम्पनीले जारी पुँजी ६५ करोडमध्ये हालसम्म संथापक शेयरधनीहरुले लिएको शेयर ४८ दशमलब ९७ प्रतिशत रकम बराबरको शेयर निश्कासन गर्ने तयारी गरेको जनाउँदै यथासक्य चाँडो साधारण शेयर जारी गर्न लागिएको आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ ।

भैरवकुण्डले ३१ करोड ८३ लाख २८ हजार रुपियाँ बराबर सर्वसाधारणलाई शेयर निश्कासन गर्ने र सोमध्ये जिल्लाका स्थानीयलाई छ करोड ५० लाख को शेयर दिने जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी निर्र्देशक दिनेश पौड्यालले जिल्लाका स्थानीयलाई छुट्याईसकेपछि ५० लाख ६६ हजारको कर्मचारी र पाँच प्रतिशत एक करोड २६ लाख ६६ हजार चार सय सामाजिक सुरक्षा कोषको लागि र २३ करोड ५५ लाख ९५ हजार १ सय रुपियाँको सर्वसाधारणलाई वितरण गरिने जानकारी दिए ।

पौड्यालका अनुसार कम्पनीको वार्षिक विद्युत बिक्री वापतको आम्दानी नौ करोड ७० लाख रहेको छ । पब्लिक शेयर जारीपछि बैंकको कर्जा घट्नुका साथै नयाँ परियोजना निर्माण गर्ने लक्ष्य लिइएको छ ।

कम्पनीका अध्यक्ष सुरेन्द्र भण्डारीले सर्वसाधारण शेयर निष्कासनसँगै नयाँ परियोजनाहरुमा समेत कम्पनीले लगानी गर्ने बताए । उनले कुन नयाँ विद्युत आयोजनामा लगानी गर्ने ? भन्ने कुरा भने खुलाएनन् ।

Advertisement

Advertisement

Advertisement