सत्ताधारी नेता नै भन्छन्– ओली सरकार सुस्त भयो, अब ‘गियर–चेन्ज’ गर्नुपर्छ

Advertisement

काठमाडौं । सत्ताधारी दलका एक नेताले वर्तमान केपी ओली नेतृत्वको सरकारको विकल्प खोज्नुपर्ने बेला आएको बताएका छन् ।

मालारानी शैक्षिक तथा धार्मिक महोसत्व आरम्भ कार्यक्रममा नेता रायमाझीले ओली नेतृत्वको वर्तमान सरकारको काम सुस्त रहेको भन्दै अब ‘गियर’ बदल्नुपर्ने बताए । उनले भने, ‘सरकारले अब गियर चेन्ज गर्नुपर्छ । अहिले काम अलि सुस्त देखिएको छ । गियर चेन्ज गरेपछि बल्ल पिक अप लिन्छ ।’

रायमाझीले नयाँ संविधान जारी गरेर यसको कार्यान्वयन अघि बढिरहेको ज्यादै महत्वपूर्ण र सकरात्मक परिस्थितिमा विगतमा राजनीतिक अस्थिरताका कारण विकास र समृद्धिको पक्षमा जति काम हुनुपर्दथ्यो, त्यति हुन सकेन् भन्दै अहिलेको सरकारले पनि भनेको जस्तो काम गर्न नसकेको बताए ।

उनले सरकारले विकास र समृद्धिको लागि, राष्ट्र निर्माणको लागि एउटा मार्गचित्र निर्माण गरेर द्रुत गतिमा देशलाई अगाडि बढाउनुपर्ने बताउँदै भने, ‘सरकारले राष्ट्र र जनताको आवश्यकत्ता पूरा गर्नुपर्छ । यसै सन्दर्भमा हामीले अब विकासको लागि काम गर्न पूरानो परम्परा र संस्कार छोडेर अगाडि बढ्नुपर्दछ । नयाँ परम्परा, नयाँ विचार, नयाँ योजना र नयाँ संस्कारसहित हामी अगाडि बढ्नुपर्दछ ।’

यद्यपी अहिले पनि पूरानै संस्कारका धंगधंगीहरु रहेको रायमाझीको भनाई छ । उनले थपे थपे, ‘पूरानो संस्कार मात्रै होईन, पूरानो संविधान र यसको अभ्यासको पनि धंगधंगी छन् ।’ रायमाझीले थपे, ‘जति द्रुत गतिमा सरकारले कामहरु सम्पादन गरेर, योजना बनाएर अघि बढ्नुपर्ने हो, त्यो चाहीँ अलिकति कठिनाई भएको, जनताको आकांक्षा अनुसार अगाडि बढ्न नसकेको देखिन्छ । सरकारले विकास र समृद्धि, अनि सुशासनको क्षेत्रमा जनतालाई पर्ने महँगीदेखि भ्रष्टाचारका सवाल छन्, यस विषयमा जनताका गुनासाहरु छन् । ती विकृति, विसंगती र कमिकमजोरीहरुलाई हटाएर राष्ट्र र जनताको समृद्धिको काममा, जनताको सेवामा अगाडि बढ्नुपर्दछ ।’

Advertisement

Advertisement

Advertisement