मेगाले अब दक्षिण कोरियाबाट रेमिट्यान्स भित्र्याउने

Advertisement

काठमाडौं  ।  मेगा बैंक नेपाल लिमिटेडले ‘मेगा रेमिट’ को सञ्जाललाई विश्वका विभिन्न देशमा विस्तार गर्ने क्रममा दक्षिण कोरियाबाट पनि रेमिट्यान्स सेवा शुभारम्भ गरेको छ । सो सम्बन्धि मेगा बैंक र दक्षिण कोरियाको जी–मनी ट्रान्स कम्पनीसँग सम्झौता भएको छ।

सम्झौता अनुसार, अब दक्षिण कोरियामा रहेका जी–मनी ट्रान्सका जुनसुकै शाखाबाट मेगा बैंकमा ‘मेगा मातृभूमि बचत खाता’ खोल्न र तुरुन्तै रकम स्वदेश पठाउन सकिन्छ । शून्य मौज्दातमै खोल्न सकिने ‘मेगा मातृभूमि बचत खाता’मा बैंकले विभिन्न सुविधा पनि दिएको छ र यो खाता अनलाइन मार्फत कुनै पनि ठाँउबाट खोल्न सकिने छ । यस खातामा ७ प्रतिशत वार्षिक ब्याज पाइन्छ भने मोबाइल बैंकिङ, अनलाइन बैंकिङ, एबीबीएस, बैंक स्टेटमेन्ट लगायतका सुविधाहरु निःशुल्क गरिएको छ । भिसा डेबिट कार्डमा २५ प्रतिशत छुटको पनि व्यवस्था गरिएको छ ।

विदेशमा रहेका नेपालीका परिवारहरुलाई पनि आर्थिक सम्बृद्घीका विभिन्न सुविधाहरु बैंकले प्रदान गर्ने छ । नेपालमा बसेका सदस्यलाई लघुविक्त कर्जा, उपभोक्ता कर्जा, व्यापार व्यवसाय गर्नका लागि साना तथा मझ्यौला कर्जामा विषेश छुटका साथै बैंकिङ्ग सुविधाहरुको परामर्श प्रदान गरी छिटो र छरितो कर्जा उपलब्ध गराउने बैंंकले जानकारी दिएको छ । विदेशमा रहेका नेपालीहरुलाई सहज र सरल होस् भनी मेगा बैंकले आफ्नो प्रतिनिधी दक्षिण कोरियामा पठाइसकेको जानकारी दिएको छ ।

Advertisement

Advertisement

Advertisement