हुन्डाईको नयाँ ‘थ्री एस सेन्टर’ वीरगञ्जमा

Advertisement

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको अधिकृत विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले एकै छानामुनी सेल्स, सर्भिस र स्पेयर पार्ट्स सुविधासहित वीरगञ्जस्थित डिलर आर्किड मोटो कर्पको संयोजकत्वमा नयाँ थ्री एस सेन्टर स्थापना गरेको छ ।

उक्त सेन्टरको उद्घाटन लक्ष्मी इन्टरकन्टिनेन्टलका कार्यकारी निर्देशक निराकर श्रेष्ठ र विन्देश्वर शाहले संयुक्तरुपमा गरेका हुन् । वीरगञ्ज र वरपरका क्षेत्रमा रहेको बढेदो हुन्डाई गाडीको मागलाई सम्बोधन गरी डिलरसिपको स्थापना गरिएको कम्पनीले जनाएको छ ।

नयाँ हुन्डाई थ्री एस सेन्टरको शोरुममा तीनदेखि चारवटासम्म गाडीहरु डिस्प्ले गरिने कम्पनीले जनाएको छ । तालिम प्रप्त प्राविधिक तथा एयर कन्डिसन र वाईफाई सुविधायुक्त कस्टमर लाउन्ज रहेको छ । सर्भिस सेन्टरमा प्रतिमहिना तीन सय वटासम्म गाडीलाई सेवा दिनसक्ने कम्पनीले जनाएको छ । यसका साथै उक्त शोरुममा हुन्डाईका जेनुइन पार्ट्स पनि उपलब्ध हुनेछ ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले उपत्यका बाहेकका स्थानहरुमा पनि ग्राहक सेवा प्रदान गर्ने उद्देश्यसहित पोखरा, नारायणघाट, बुटवल, दाङ, बिर्तामोड, जनकपुर, विराटनगर, धनगढी, इटहरी, नेपालगञ्ज र वीरगञ्ज जस्ता मुख्य–मुख्य शहरमा १४ वटा डिलरसिप स्थापना गरिसकेको छ ।

Advertisement

Advertisement

Advertisement