कलंकी नैकाप क्षेत्रमा आज दिनभर बिद्युत आपूर्ति बन्द हुने

Advertisement

काठमाडौं । बहिबार (आज) बिहान १० बजे देखि बेलुका ५ बजे सम्म तीनथाना ,नैकाप ,सतुङ्गल लगायतका ‌‍क्षेत्रमा बिद्युत आपूर्ति अवरुद्ध हुने विद्युत प्राधिकरणले जानकारी गराएको छ ।

कलंकी नागढुंगा सडक खण्ड को ढुंगे अड्डा देखि तीनथाना बस स्टप सम्म लाइन सिफ्टिंग तथा व्यवस्थापन कार्य को लागि स्युचाटार सब स्टेशन बाट संचालीत् बलम्बु फिडरबाट आपूर्ति हुने बिद्युतमा अबरोध आउने प्राधिकरणले जनाएको छ ।

तोकिएको समय भन्दा अगावै कार्य सम्पन्न भएको अवस्थामा ५ बजे भन्दा अगावै लाइन सुचारु हुन सक्ने प्राधिकरणले जनाएको छ । । सडक निर्माण गर्ने ठेकेदारलाई अबिलम्ब कार्य सम्पन्न गर्ने दबाब बढे पछि पछिलो समयमा २४ घण्टा नै सडक को काम हुदै आइ रहेको छ ।

Advertisement

Advertisement

Advertisement