सुनको मूल्य फेरी बढ्यो, किन बढ्दैछ त मूल्य ?

Advertisement

काठमाडौं।   साताको पाँचौ दिन बिहिबार सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रति तोला ५९ हजार मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज ३ सयले बढेर प्रति तोला ५९ हजार ३ सय मुल्यमा कारोबार भइरहेको छ ।

अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढ्नुकासाथै अमेरिकी डलरको तुलनामा भारु कमजोर भएको कारणले आन्तरिक बजारमा सुनको मूल्य बढेको व्यावसायीले बताएका छन् । डलरको मूल्य बढ्ने क्रम जारी रहेकाले सुनको मूल्य अझै बढ्न सक्ने उनले बताएका छन्

सुनको मूल्य बढेको कारण स्थानीय बजारमा दशैंको बेलामा पनि अपेक्षाकृत रुपमा सुनको माग बढ्न नसकेको व्यवसायीहरुको भनाइ छ ।

त्यस्तै गरि चाँदीको मूल्य स्थिर रहेर प्रति तोला ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहिबार प्रति ५० ग्राम छापावाला सुनको मूल्य ५० हजार ८ सय ४० रुपियाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ३४ रुपैयाँ ५ पैसा कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement