नयाँ नेपाल लघुवित्तको १ लाख कित्ता सेयर लिलामीमा आउँदै

Advertisement

काठमाडौं । नयाँ नेपाल लघुवित्तको १ लाख ३ हजार कित्ता हकप्रद शेयर लिलामीमा आउने भएको छ ।

कम्पनीले गत साउन २७ गते देखि भदौ ३१ गते सम्म बिक्री खुल्ला गरेको गरेको ६ लाख कित्ता हकप्रद शेयरमा जम्मा  ४ लाख ९६ हजार कित्ता शेयर मात्रै बिक्री भएपछि बाँकि रहेको १ लाख ३ हजार कित्ता शेयर लिलामीमा ल्याउने भएको हो ।लघुवित्तको लिलामि शेयरमा बिकी प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्ने छ ।

हाल २ करोड ४० लाख चुक्ता पुँजी रहेको कम्पनीको यस हकप्रद शेयर बिक्रीपछि चुक्ता पुँजी ८ करोड ४० लाख रुपैयाँ पुग्नेछ ।नयाँ नेपालले गत आर्थिक बर्षमा १४ लाख ९७ हजार खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ६ रुपैयाँ २४ पैसा कायम गरेको थियो ।

Advertisement

Advertisement

Advertisement