नेपाल ईन्भेष्टमेनट बैंकको मास्टर डेविट कार्ड सञ्चालन

Advertisement

काठमाडौं । नेपाल ईन्भेष्टमेनट बैंक(एनआइबीएल) ले आफ्ना ग्राहकहरुलाई आर्थिक कारोवारमा सहजता प्रदान गर्ने उद्देश्यले मास्टर डेविट कार्डको सञ्चालनमा ल्याएको छ ।

बैंक र मास्टरकार्डको सहकार्यमा संचालनमा ल्याइएको उक्त कार्ड प्रयोगकर्ताहरुले ३ महिनासम्म आफ्ना ग्राहकलाई बीना शुल्क कार्ड जारी गर्ने र कारोवार गरेवापत नगद फिर्ता भुक्तानी पनि उपलब्ध गराउने योजना रहेको बैंकले जानकारी दिएको छ ।

बैंकले आन्तरीक तथा बाह्य बजारलाई लक्षित गरी २ प्रकारको कार्ड प्रयोगमा ल्याएको छ । स्थानीय कार्ड नेपाल लगायत भारतमा समेत प्रयोग गर्न सकिन्छ भने अन्तर्राष्ट्रिय कार्ड विश्वभर प्रयोग गर्न सकिन्छ ।

Advertisement

Advertisement

Advertisement