माउण्टेन हाइड्रोले १८ करोड १६ लाख आईपिओ निष्काशन गर्दै

Advertisement

काठमाडौं।  माउण्टेन हाइड्रो नेपालले १८ करोड १६ लाख ११ हजार रुपैयाँको १८ लाख १६ हजार ११० कित्ता शेयर निष्काशन गर्ने भएको छ।  कम्पनीले उक्त आईपिओ निष्काशन अनुमति लिन नेपाल धितोपत्र बोर्ड पुगेको छ ।

हाइड्रोले असार २२ गते देखि साउन २० गते सम्म स्थानीयलाई १२ करोड ५० लाख रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको थियो । जसमध्ये ५ लाख ६६ हजार ११० कित्ता शेयर बिक्री नभए पछि उक्त शेयर समेत सर्वसाधारणलाई थप गरी जारी गर्ने माग गरेको हो ।

कम्पनीले आइपिओ निष्काशनको लागि सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्ति गरी सकेको छ ।

Advertisement

Advertisement

Advertisement