नागरिक लगानी कोषमा नयाँ अध्यक्ष

Advertisement

काठमाडौं । नागरिक लगानी कोषको अध्यक्षमा डा. रामचन्द्र भट्टराई नियुक्त भएका छन् । असोज २१ गतेको मन्त्रिपरिषद बैठकबाट नियुक्त भएका उनले शुक्रबार पदबहाली गरे ।

कोष सञ्चालक डा.रामशरण खरेलले भट्टराईलाई पद तथा गोपनियताको शपथ गराए । ‘इन्भाइरोमेन्ट इकोनोमिक्स’ मा बिद्याबारिधि गरेका उनी हाल पाटन बहुमुखी क्याम्पसमा पढाउँछन् । राष्ट्रिय बाणिज्य बैकको संचालक, राष्ट्रिय योजना आयोगमा सल्लाहकार, अर्थमन्त्रालयमा बरिष्ठ आर्थिक सल्लाहकारको रुपमा काम गरेका भट्टराईसँग नेपाल राष्ट्र बैक, न्याय सेवा तथा कृषि क्षेत्रमा पनि काम गरेको अनुभव छ ।

Advertisement

Advertisement

Advertisement