सन्दिप लामिछानेको नयाँ राष्ट्रिय कीर्तिमान, एकै प्रतियोगितामा लिए २४ विकेट

Advertisement

काठमाडौं । नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले मलेसियामा जारी आइसिसी विश्व ट्वान्टी–२० एसिया क्षेत्रको छनोट प्रतियोगितामा राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

प्रतियोगिताअन्तर्गत सिंगापुरसँग भएको आजको खेलमा चार विकेट लिएसँगै सन्दीपले राष्ट्रिय टिमबाट एकै प्रतियोगितामा सर्वाधिक २४ विकेट लिने खेलाडीको कीर्तिमान बनाएका हुन् ।

यसअघि एकै प्रतियोगितामा राष्ट्रिय टोलीबाट यस्तो कीर्तिमान विनोद दास र बसन्त रेग्मीको नाममा रहेको थियो । बसन्तले सन् २०१२ मा मलेसिया भएको विश्व क्रिकेट लिग डिभिजन ४ मा २१ विकेट लिदै कीर्तिमान बनाएका थिए ।

त्यस्तै बिनोदले सन् २००५ को एसीसी फास्ट ट्रयाक कन्ट्रीज तीन दिवसीय प्रतियोगितामा समान २१ विकेट लिएका थिए । सन्दीपले बसन्त र विनोदको कीर्तिमान भंग गरेका छन् ।

त्यस्तै सन्दीपले १९ वर्ष मुनीको अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि २३ विकेट लिइसकेका छन् ।

बसन्त र विनोदको कीर्तिमान भंग गर्न सन्दीप मात्र दुई विकेटले पछि थिए । तर आजको खेलमा चार विकेट लिएसँगै उनले नयाँ रेकर्ड बनाउन सफर भएका छन् ।

सन्दीपले म्यानमारसँग भएको पहिलो खेलमा ४, मलेसियासँग भएको दोस्रो खेलमा ५, थाइल्याण्डसँग भएको तेस्रो खेलमा पनि ५, भुटानसँग भएको चौंथो खेलमा ३, चीनसँग भएको पाँचौं खेलमा पनि ३ र सिंगापुरसँगको शुक्रबार भएको अन्तिम खेलमा ४ विकेट लिदै विकेट संख्या २४ पुर्याएका हुन् ।

सन्दीपले थाइल्याण्डसँग भएको तेस्रो खेलमा ३ ओभर बलिङ गरेका थिए । जसमा १ मेडनका साथै ८ रनको क्षतिमा पाँच विकेट लिएका थिए । यो नै सन्दीपले थोरै रन खर्चिएर धेरै विकेट लिएको खेल थियो ।

Advertisement

Advertisement

Advertisement