विवादै विवादमा परेको क्यासिनो महाजोङलाई सर्वोत्कृष्ट पुरस्कार

Advertisement

काठमाडौं । थुप्रै विवादमा पर्दै आएको सोल्टी होटलको परिसरमा रहेको क्यासिनो महजोंगले सर्वोत्कृष्ट क्यासिनो अवार्ड प्राप्त गरेको छ । नयाँदिल्लीमा आफूले सर्वोकृष्ट पुरस्कार पाएको सो क्यासिनोले दावी गरेको हो ।

पुरस्कार पाउने बेलामा भारतका पर्यटन मन्त्री केजे अल्फोन्स र संसदीय कार्य व्यवस्था मन्त्री बिजय गोयल पनि सहभागी रहेको भन्दै क्यासिनो महाजोङका प्रबन्ध निर्देशक बिनोद श्रेष्ठले आफ्नो तर्फबाट कम्पनीका निर्देशक हेमन्त कक्षपति तथा कम्पनीका महाम्रवन्धक अमुल्य विक्रम राणाले सो अवार्ड लिएको दावी गरे ।

पर्यटन तथा आतिथ्य उद्योगका कम्पनीलाई प्रदान गरिने उक्त अवार्ड प्राप्त गरेको क्यासिनो महाजोङले सोही ठाउँमा लामो समयदेखि काम गर्दै आएका कर्मचारीहरुलाई सेवामा निरन्तरता नदिनुका साथै उनीहरुले पाउन बाँकी सेवा सुविधा नदिएको, नेपाल रिक्रियशन सेन्टरको नाममा रहेको जग्गा तथा भवनमा नियन्त्रण जमाएर क्यासिनो सञ्चालन गरेको, सरकारलाई तिर्न बाँकी बक्यौता चुक्ता नगरेको कारण विवादमा पर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement