माइक्रोम्याक्सको नयाँ बजेट स्मार्टफोन सार्वजनिक

Advertisement

काठमाडौं । माइक्रोम्याक्स कम्पनीले  नयाँ बजेट स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो नयाँ प्रस्तुति क्यू४००२ बोल्ट ४ नामक स्मार्टफोन नेपाली प्रयोगकर्तामाझ ल्याएको हो ।

कम्पनीका अनुसार बजार मूल्य ८ हजार ८ सय रुपैयाँ रहेको क्यू४००२ बोल्ट ४ को खरिदमा खदिकर्ताले आकर्षक ब्याग उपहार पाउनेछन् भने १२ हप्तासम्म प्रत्येक हप्ता २५० एमबी एनसेल डाटा पनि प्राप्त गर्नेछन् ।

बजारमा उपलब्ध सोही मूल्यको अरु स्मार्टफोन भन्दा उत्कृष्ट क्यू४००२ बोल्ट ४ मा १ गिगाहर्जको क्वायकोर प्रोसेसर तथा १ जीबी र्याम रहेको छ । यसमा शक्तिशाली २ हजार एमएएचको ब्याट्रि रहेको छ । यो स्मार्टफोन एन्ड्रोइडको ललीपप ८.१ अपरेटिङ सिस्टममा आधारित रहेको छ ।

Advertisement

Advertisement

Advertisement