कुवेतका लागि श्रम स्वीकृति खुलाउन कुवेती श्रममन्त्री नेपाल आउने

Advertisement

काठमाडौं । नेपाल सरकारसँग श्रम सम्झौता गर्न कुवेतका श्रम मन्त्री अर्को महिना नेपाल आउने भएका छन् । केहि समय अघि मलेसियासँगको श्रम सम्झौता अन्तिम चरणमा पुर्याएसँगै सरकारले अन्य मुलुकसँग पनि श्रम सम्झौताको प्रक्रिया अघि बढाएको हो ।

श्रम मन्त्रालयका अनुसार कुवेती मन्त्री अक्टोबर पहिलो साता नेपाल आउने तय भएकोमा नेपालको तयारी पूरा भईनसकेको कारण एक साता पछिका लागि उनी आउने तय भएको हो ।

हाल करिब ३० हजारभन्दा बढी नेपाली महिला श्रमीकहरु कुवेतमा कार्यरत छन् । तर नेपालमा कुवेतको श्रम स्वीकृति बन्द भएपछि उनीहरु स्वदेश फर्कन पाएका छैनन् । घरेलु कामदारको लागि श्रम स्वीकृति रोकिएको भए पनि नेपाली महिलाहरु अवैध बाटोबाटकुवेत गईरहेका छन् ।

आवैध बाटोबाट जाँदा नेपाली महिला जोखिममा परेको मन्दै संसद्को श्रमसम्बन्धि समितिले घरेलु कामदारलाई श्रम स्वीकृति दिन सुझाव दिएको थियो । यसै सन्दर्भमा श्रम मन्त्री गोकर्ण विष्टले द्विपक्षीय सम्झौताबाट नेपाली महिलाको सम्पूर्ण सुरक्षा हुनेगरी श्रम स्वीकृति खुलाईने बताएका छन् ।

त्यस्तै सरकारले कतारसँग पनि श्रम सम्झौता गर्न लागेको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

उक्त सम्झौताका लागि कुवेतका श्रम मन्त्री नेपाल आउन लागेको मन्त्रालय स्रोतले जानकारी दिएको छ । नेपाली महिला कामदारको लागि कुवेत सुरक्षीत र आकार्षक गन्तव्य हो । तर हाल नेपालले कुवेतमा घरेलु कामदारको स्वीकृतिलाई बन्द गरेपछि नेपाली महिलाहरु दोस्रो मुलुकको बाटो हुँदै अवैध रुपमा कुवेत जाने क्रम रोकिएको छैन । सोहि कुरालाई मध्य नजर गर्दै सरकारले अझ व्यवस्थित र सुरक्षात्मक रुपमा नेपाली महिला घरेलु कामदारमा पठाउन कुवेतसँग श्रम सम्झौता गर्न लागेको छ ।

Advertisement

Advertisement

Advertisement