नेपाल क्लियरिङ हाउसको ४० प्रतिशत लाभांस प्रस्ताव पारित

Advertisement

काठमाडौं । नेपाल क्लियरिङ हाउसको ४० प्रतिशत लाभांस दिने प्रस्ताव पारित भएको छ । कम्पनीको शुक्रबार सम्पन्न भएको सातौं साधारण सभाले २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांस गरी कुल ४० प्रतिशत लाभांस दिने प्रस्ताव पारित गरेको हो ।

हाल कम्पनीको कुल चुक्ता पुँजी १८ करोड रुपियाँ कायम रहेको छ । बोनस सेयर पश्चात कम्पनीको चुक्ता पुँजी २१ दशमलव ६० करोड रुपियाँ पुग्ने छ ।

नेपाल क्लियरिङ हाउसमा नेपाल राष्ट्र बैंकको १० प्रतिशत, बैंक तथा वित्तिय संस्थाहरुको ८० प्रतिशत र स्पार्ट च्वाई टेक्नोलोजिज्को १० प्रतिशत सेयर लगानी रहेको छ ।

Advertisement

Advertisement

Advertisement