टी-ट्वान्टी विश्कप छनोटको एसिया पुर्वी क्षेत्रमा नेपाल च्याम्पियन, अब एसिया छनोट खेल्ने

Advertisement

 

काठमाडौं । सन् २०२० मा अष्ट्रेलियामा हुने आईसीसी विश्व कप टी-ट्वान्टी क्रिकेट छनोट प्रतियोगितामा नेपाल च्याम्पियन भएको छ । शुक्रबार भएको सिंगापूर विरुद्धको आफ्नो अन्तिम खेल वर्षका कारण नतिजा बिहीन भएपछि रन रेटको आधारमा नेपाल प्रतियोगिताको च्याम्पियन बन्दै अर्को चरणको लागि छनोट भएको हो ।

मलेसियामा सम्पन्न एसिया ‘बी’ को छनोट उपाधि उचाल्दै नेपाल अब हुने अर्को चरण ‘एसिया छनोट’ मा पुग्न सफल भएको छ । उक्त प्रतियोगितामा नेपाल अपराजित हुँदै च्याम्पियन बनेको हो ।

जम्मा छ खेल खेलेको नेपालले पाँच खेलमा जित निकालेको थियो भने सिंगापुर विरुद्धको अन्तिम खेल वर्षाका कारण अनिर्णित भएको थियो ।

सिंगापुर विरुद्धको उक्त अन्तिम खेलमा नेपालले टस जित्दै पहिले बलिङ रोजेको थियो । नेपाली बलरले कसिलो बलिङ गरेपछि सिंगापुर ८१ रन मात्र बनाउन सक्यो ।

सिंगापुरविरुद्ध सन्दीप लामिछानेले ४ विकेट लिए । १८ ओभर ३ बलमा अलआउट भएको सिंगापुर ८१ रन बनाएको थियो । ८२ रनको लक्ष्य पछ्याएको नेपालले ३ बलमात्रै खेल्दा वर्षाका कारण खेल रोकिएको थियो ।

पानी नरोकिएपछि खेल नतिजाबिहीन बन्न पुग्यो । पाँचै खेल जितेको सिंगापुरभन्दा रनरेटमा माथि भएपछि नेपालले प्रतियोगिताको उपाधि पनि जित्न सफल भयो ।

मलेसियामा सम्पन्न उक्त प्रतियोगितामा नेपालले सुरुबाटै राम्रो प्रदर्शन गरेको थियो । प्रतियोगितामा सहभागी टिममध्ये नेपाल मात्रै एकदिवसीय क्रिकेटको मान्यता पाएको टिम थियो । नेपालको प्रदर्शन पनि उच्चस्तरको रहेको क्रिकेटका पारखिहरुको भनाई छ ।

नेपालले आफ्नो पहिलो खेलमा म्यानमारलाई ८ विकेटले हराएको थियो भने दोस्रो खेलमा चीनलाई १० विकेटले हराएको थिवयो । त्यस्तै भुटान विरुद्धको तेस्रो खेलमा ११७ रनको फराकिलो अन्तरले जितेको थियो । त्यसैगरि थाइल्याण्डविरुद्ध पनि नेपालले १४० रनको फराकिलो जित दर्ता गर्‍यो । नेपालले आयोजक मलेसियालाई ८ विकेटले हराएको थियो ।

नेपालका सबै खेलमा नेपाली बलरहरु हावी भए । सन्दीप लामिछानेले प्रतियोगितामा सबैभन्दा बढी २४ विकेट लिन सफल भए । अब नेपालले विश्वकपमा पुग्न दोस्रो खुड्किलो पार गर्नका लागि एसिया छनोट खेल्नुपर्नेछ । च्याम्पियन भएको नेपालसँगै यो प्रतियोगिताबाट सिंगापुर र मलेसिया पनि एसिया छनोटमा पुग्न सफल भए ।

एसिया ‘ए’ बाट यूएई, कतार र कुवेत छनोट भएका भएका छन् । अब छनोट भएका ६ देश सहभागी हुने एसिया छनोटबाट शीर्ष २ टिमले ग्लोबल छनोट खेल्न पाउने छन् ।

ग्लोबल छनोटमा फरक फरक महादेशबाट आएका र आईसीसीको वरियतामा तल्लो स्थानका टीमले खेल्नेछन् । १४ टिम भिड्ने यस प्रतियोगिताबाट शीर्ष ६ टिम अस्ट्रेलियामा हुने टी-ट्वान्टी विश्व कपम पुग्नेछन् । नेपालले यसअघि सन् २०१४ मा बंगलादेशमा सम्पन्न विश्व कप खेलिसकेको छ ।

Advertisement

Advertisement

Advertisement