वजाज ‘मास्टर मेक २०१८’ प्रतियोगिता विरगञ्ज र इटहरीमा

Advertisement

काठमाडौं । वजाज मोटरसाईकलको आधिकारीक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले इटहरीमा पूर्वाञ्चलको क्षेत्रीय स्तरको र वीसगंजमा क्षेत्रीय स्तरको वजाज मास्टर मेक २०१८ प्रतियोगिताको आयोजना गरेको छ ।

मुलुकभरका वजाज विक्रेताहरुका प्राविधिकहरुलाई सहभागी गराउने, प्राविधिक तवरले अग्रसर बनाउने र कार्यलाई मनोरञ्जनात्मक बनाउने उद्देश्यकासाथ प्रतियोगिता भएको हो । साथै प्रतिस्पर्धीहरुबाट सर्वोत्कृष्ट प्राविधिक छनोट गरी सम्मान प्रदान गर्ने र हौसला प्रदान गर्ने आयोजकले बताएको छ ।

विजय नहुने प्रतिस्पर्धीलाई आफ्नो कमजोरी सुधारको लागि सहयोग गर्ने पनि कम्पनीले जनाएको छ । प्रतियोगितालाई एच एच वजाजले प्राथमिक, क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी चार चरणमा सञ्चालन गर्ने हंसराज हुलासचन्दका तालिम विभागीय प्रमुख उमेश श्रेष्ठले बताए ।

उक्त प्रतियोगितामा प्राथमिक चरणमा पाँच सय ११ जना प्रतिपर्धीहरुमध्येबाट एक सय २१ जना प्रतिस्पर्धीहरु क्षेत्रीय चरणका लागि छनोट भएका थिए ।

ती मध्ये पूर्वाञ्चल क्षेत्रबाट विक्रेताहरुको तर्फबाट १६ जना र आधिकारीक सर्भिस प्वाइन्टका तर्फबाट १३ जना प्रतिस्पर्धीहरुबीच क्षेत्रीय प्रतियोगिता भएको थियो । प्रतियोगितामा धरान अर्विन एण्ड ब्रदर्स अटोबाट रुपक मण्डलले प्रथम, विराटनगर एस एण्ड ब्रदर्स स्पेयर्सबाट राम गोपाल चौधरीले द्वितीय र मेची पावरमोवाईल्स ट्रेडकका सन्तबहादुर बिष्टले तृतीय स्थान हासिल गरे ।

आधिकारिक सर्भिस पोइन्टहरुकोप्रतियोगीतामा धनकुटाका प्रधान मोटरसाईकल वर्कसपबाट साजनमान प्रधानले प्रथम, ओखलढुङ्गाका अर्जुन इन्टरप्राइजेजबाट अर्जुन कुमार राईले द्घितिय र गौराहदहका मनकामना मोटर पार्टसबाट नवराज राजवंशीले तृतिय स्थान हासिल गरे र बीरगंजक्षेत्रबाट विक्रेताहरुको तर्फबाट १४ जना प्रतिस्पर्धीहरु र आधिकारिक सर्भिस पोइन्टबाट सात जनाप्रतिस्पर्धीहरु बीच क्षेत्रीय प्रतियोगीता भएको थियो ।

जसमा बिक्रेताहरुको प्रतियोगीतामा हेटौडाका न्यु होराइजन अटोबाट सरोज तामाङलेप्रथम, जीतपुरकान्यु एस डीएस इन्टरप्राइजेजबाट सुरेन्द चौधरील द्घितिय र नारायणघाटका नारायणी मोटर्सबाट छोटेलाल प्रसाद मालीले तृतिय स्थान हासिल गरे । आधिकारिक सर्भिस पोइन्टहरुको प्रतियोगीता माता रापट्ठीका लक्ष्मी मोटरसाईकल वर्कसपबाट लक्ष्मीनारायण शाहले प्रथम, रामपुरकाआर डी ब्रदर्सबाट मिठ्ठु कुमारले द्वितीय र सन्धुलीका क्षितिज इन्टरप्राइजेजबाट बीरबल महतोले तृतीय स्थान हासिल गरे ।

सो कार्यक्रममा जिल्ला खेलकुद विकास समिति सुनसरीका अध्यक्ष तथा समाजसेवी अनुरोध थापा तथा स्थानीय यूवा व्यवसायी तथा समाजसेवी बिक्रम बाबु थापाले प्रमूख अथितिको आसन ग्रहण गर्नु भई विजेताहरुलाई पुरस्कार तथा सम्मान प्रदान गरेका थिए ।

Advertisement

Advertisement

Advertisement