पूर्वमन्त्री एवं काँग्रेस नेता चक्र बास्तोलाको अवस्था गम्भीर

Advertisement

काठमाडौं । पूर्वमन्त्री एवं कांग्रेस नेता चक्रप्रसाद बास्तोलाको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । विगत छ महिनादेखि अचेत अवस्थामा रहेका वास्तोलाको अवस्था चिन्ताजनक रहेको उनको पारिवारिक स्रोतले जनाएको हो ।

मस्तिस्क घातका कारण विगत छ बर्षदेखि ओछ्यान परेका बास्तोलाको शनिबार निधन भएको समाचार बाहिर आए पनि उनकी श्रीमती कुसुम बास्तोलाले निधन नभएको बताएको एक जना पत्रकार जगत नेपालले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन् ।

Advertisement

Advertisement

Advertisement