सभामुख महराको मन्त्रीको जस्तो भाषण

Advertisement

दाङ । सभामुख कृष्णबहादुर महराले मन्त्रीको जस्तो भाषण गर्दै सबैलाई चकित पारेका छन् । सभामुख पद पार्टीको नभई स्वतन्त्र हुने र तटस्थ भूमिका निर्वाह गर्नुपर्ने पद भए पनि महराले भने मन्त्रीले जसरी सरकारका नीति र कार्यक्रमको पक्षमा वकालत गरे ।

घोराहीमा शनिबार आयोजित कार्यक्रममा उनले वर्तमान सरकारले समृद्धिको रोडम्याप तयार गरिसकेको भन्दै अबका केही दिनमा मुलुक समृद्धिको दिसामा अघि बढ्ने बताए । साथै उनले पदीय मर्यादाविपरित प्रदेश राजधानीका विषयमा पनि बोले । उनले भने, ‘समृद्धि संभव छ । राजधानी पनि संभव छ । समृद्धिको बाटोमा एकतावद्ध भएर अघि बढौं ।’

महराले तुलसीपुरको टरिगाउँस्थित विमानस्थलको विकल्प नखोजिएको भन्दै दाङमा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विमानस्थलकै अर्को विकल्प अन्य क्षेत्रमा खोजी भइरहेको पनि बताए । उनले भने, ‘तपाई्रहरु ढुक्क हुनुस्, टरीगाउँमा सानो विमान भए पनि नियमित उडान भर्छ । त्यसका लागि यहीं इन्धन भर्नका लागि अस्थायी हवाइ इन्धन डिपो निर्माणको प्रक्रियामा सरकार लागिरहेको छ ।’

महराले ठूला विमान अवतरण गर्नका लागि दाङको विमानस्थलको रनवे बढाउनेतर्फ पनि विस्तृत अध्ययन भइरहेको बताए । दाङ उनको निर्वाचन क्षेत्र पनि हो ।

Advertisement

Advertisement

Advertisement