गरिमा विकास बैंकको १३ प्रतिशत लाभांस पारित

Advertisement

काठमाडौं । गरिमा विकास बैंकको बाह्रौं बार्षिक साधारणसभा गत शुक्रबार कास्कीको पोखरा महानगरपालिकास्थित पोखरा ग्राण्ड, पोखरामा सम्पन्न भएको छ । साधारणसभाले शेयरधनीहरुलाई १० प्रतिशत बोनश सेयर र तीन दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । त्यसैगरी उक्त साधारणसभाले मर्जर तथा एक्वीजिसनसम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारीसमेत प्रदान गरेको छ ।

दुई अर्ब ५३ करोड ४८ लाख ८० हजार रुपियाँ चुक्ता पुजी रहेको विकास बैंकको १० प्रतिशत बोनश शेयर वितरणपश्चात चुक्ता पुंजी दुई अर्ब ७८ करोड ८३ लाख ६८ हजार पुगेको छ । साधारण सभाको लागि २०७५ आश्विन १२ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द रहेकोमा २०७५ आश्विन ११ गते सम्म कायम विकास बैंकका शेयरधनीहरुले मात्र साधारणसभाबाट पारित बोनश सेयर तथा नगद लाभांश प्राप्त गर्नेछन् ।

Advertisement

Advertisement

Advertisement