चक्र बास्तोलाको आज अपरान्ह अन्त्यष्टि गरिने, दिउसो श्रद्धान्जलीका लागि पार्टी कार्यालयमा राखिने

Advertisement

काठमाडौं । शनिवार राति निधन भएका कांग्रेस नेता चक्र बाँस्तोलाको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि आइतबार दिउँसो साढे १ बजेदेखि ४ बजेसम्म पार्टी केन्द्रिय कार्यालयमा सानेपामा राखिने भएको छ ।

कांग्रेस कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारी अनुसार श्रद्धाञ्जलीपछि आजै उनको पशुपति आर्यघाटमा अन्तिम संस्कार समेत गरिने छ । बास्तोलाको दिउसै निधन भएको हल्ला गरिए पनि राति ९ बजेर २० मिनेटमा मात्रै निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।

काँग्रेस नेताहरु वीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईसँग नजिक रहेर प्रजातान्त्रिक आन्दोलनमा लामो समय संघर्ष गरेका बास्तोलाले सोही आन्दोलनका क्रममा नेपाल वायुसेवा निगमको जहाजसमेत अपहरण गरेका थिए ।

उनको खुमलटारस्थित आफ्नै घरमा निधन भएको हो । मन्त्री र काँग्रेसको केन्द्रीय सदस्यसमेत भएका ७४ वर्षीय बास्तोलालाई २०६९ पुस १४ गते मोरङ विराटचोकमा कुलपूजा गर्ने क्रममा मस्तिष्काघात भएको थियो। त्यसयता उनी अचेत अवस्थामा थिए। उनका श्रीमती र दुर्इ छोरी छन्।

साथै, कांग्रेसले आजै देशव्यापी रुपमा एकै दिन सबै जिल्ला प्रशासन कार्यालयमार्फत केन्द्र एवं प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाउने पूर्व निर्धारित कार्यक्रम स्थगित परेको छ । वर्तमान सरकार गठन भएपछि बजार मूल्यमा भएको वृद्धि र राष्ट्रव्यापी कर आतंक बढेको भन्द्र उसले मूल्य नियन्त्रणमा दवाव दिन ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेको थियो ।

Advertisement

Advertisement

Advertisement