निःशुल्क स्वास्थ्य शिविरबाट स्थानीय लाभान्वित, बिरामीले पाए निःशुल्क औषधि

Advertisement

मुसिकोट  । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले आयोजना गरेको एकदिने निःशुल्क स्वास्थ्य शिविरमा २३७ जनाले स्वास्थ्य जाँच गराएका छन् । वडा नं १२ को जनकल्याण माध्यमिक विद्यालय सानाखोलामा शनिबार बसेको शिविरबाट १६० महिला र ७७ पुरुषले स्वास्थ्य जाँच गराएका हुन् ।

चौरजहारी नगरपालिकाको आयोजना र मानव विकास तथा सामुदायिक सेवा अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य जाँच गरिएको हो । यहाँका १०, ११, १२, र १३ वडाका बिरामीलाई लक्षित गरी निःशुल्क स्वास्थ्य सेवा दिइएको नगरपालिकाले जनाएको छ ।

शिविरमा छाला, नाक, कान, दाँत, ग्यास्ट्रिक, रुघाखोकी, पाठेघर खस्ने, तल्लो पेट दुख्ने समस्या भएका बिरामीको स्वास्थ्य जाँच गरिएको बताइएको छ । स्त्रीरोग विशेषज्ञ डा अजित जर्ज कुरुभिल्लाको टोलीले शिविरमा आएका बिरामीको स्वास्थ्य जाँच गरेको थियो । स्वास्थ्य जाँचसँगै केही बिरामीलाई निःशुल्क औषधिसमेत दिइयो ।

घरआँगनमै निःशुल्क स्वास्थ्य जाँच, उपचार र परामर्शसहितको सेवा लिन पाउँदा यस क्षेत्रका बिरामी खुशी भए । स्वास्थ्यचौकी नभएका विभिन्न वडाका बिरामीलाई घरदैलोमै पुगेर स्वास्थ्य सेवा दिने नगरपालिकाको नीतिअनुरुप नै शिविरको आयोजना गरिएको नगरप्रमुख विशाल शर्माले बताउए।

Advertisement

Advertisement

Advertisement