नेपाल बङ्गलादेश बैंक र खल्ती डिजिटल वालेटबिच सम्झौता

Advertisement

काठमाडौं।  नेपाल बङ्गलादेश बैंक र खल्ती डिजिटल वालेटबिच मोबाईल भुक्तानीमा सहकार्य गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा  बैंकका तर्फबाट बैंकका डेपुटी सिईओ सुरेन्द्र भूषण श्रेष्ठ र खल्तीका तर्फबाट डाइरेक्टर अमित अग्रवालले शुक्रबार हस्ताक्षर गरेका छन्  ।

यस सम्झौता पश्चात नेपाल बङ्गलादेश बैंकका ग्राहकहरुले उक्त बैंकको मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’मा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानी गर्न सक्नुहुनेछ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

यो सहकार्य पश्चात बैंकका ग्राहकहरुले खल्ती प्रयोग गरेर सहजता पूर्वक दैनिक भुक्तानी सेवा प्राप्त गर्न सक्नेछन् ।

Advertisement

Advertisement

Advertisement