चन्द्रागिरि केबलकार दशैं विदाका सबै दिन संचालन हुने

Advertisement

काठमाडौं। चन्द्रागिरिमा सञ्चालित केबलकार लगाएतका सेवाहरु दशैं विदाका सबै दिन संचालन हुने भएका छन् ।

चन्द्रागिरि हिल्स व्यवस्थापनले प्रेस बिज्ञप्ती जारी गरी दशैं विदाका सम्पूर्ण दिनहरूमा केवलकार संचालनमा रहने जानकाी गराएको हो।

दैनिक काममा व्यस्त रहने दर्शनार्थी तथा आन्तरिक तथा बाह्य पर्यटकको सुविधालाई ध्यानमा राखेर विदाको दिनमा सेवा दिने निर्णय गरेको चन्द्रागिरि हिल्स व्यवस्थापनले जनाएको छ।

कम्पनीले चन्द्रागिरि डाँडामा भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हललगायतका पूर्वाधार निर्माण गरेर डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement